२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिए



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ मा अष्ट्रेलियाको नेतृत्व सम्हालेका स्टिभ स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।

प्रतियोगिताको सेमिफाइनलमा भारतसँग पराजित भएको भोलिपल्ट क्रिकेट अष्ट्रेलियाले यसबारे घोषणा गरेको हो ।

मंगलबार भएको खेलमा अस्ट्रेलिया भारतसँग चार विकेटले पराजित भएको थियो । प्याट कमिन्सको अनुपस्थितिमा स्मिथले टोलीको जिम्मेवारी सम्हालेका थिए ।

यद्यपि, उनले टेस्ट खेल्न भने जारी राख्नेछन् । स्मिथ टी–२० अन्तर्राष्ट्रियमा लामो समयदेखि टोलीबाट बाहिर रहेका छन् ।

स्मिथले अस्ट्रेलियाका लागि कुल १६९ एकदिवसीय खेल खेलेका छन् र ५७२७ रन बनाएका छन् । यस अवधिमा उनको औसत ४३.०६ र स्ट्राइक रेट ८७.१३ रहेको छ ।

एकदिवसीयमा उनको उत्कृष्ट इनिङ १६४ रन हो । उनले एकदिवसीय खेलमा ३४ अर्धशतक र १२ शतक प्रहार गरेका छन् ।

जारी च्याम्पियन्स ट्रफीमा स्मिथ लयमा थिएनन् । उनले तीन इनिङ्समा ४८.५० को औसतमा ९७ रनमात्रै बनाए । ७३ रन उनको उत्कृष्ट पारी थियो ।