२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलेन्स्की रूससँग वार्ता र खनिज सम्झौता गर्न तयार छन्: ट्रम्प



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनका नेता भोलोदिमर जेलेन्स्की ह्वाइट हाउसमा भएको झडपको केही दिनपछि रुससँग वार्ता गर्न र अमेरिकी खनिज सम्झौतालाई अन्तिम रूप दिन तयार रहेको बताउनुभएको छ ।

“मैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीबाट एउटा महत्त्वपूर्ण पत्र प्राप्त गरेँ, पत्रमा लेखिएको छ, ‘युक्रेन स्थायी शान्ति नजिक ल्याउन सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार छ । युक्रेनीहरूभन्दा बढी कसैले शान्ति चाहँदैनन्’”, ट्रम्पले कंग्रेसलाई सम्बोधन गर्दै भन्नुभयो, “उहाँले भन्नुभयो, ‘मेरो टोली र म राष्ट्रपति ट्रम्पको दृढ नेतृत्वमा स्थायी शान्ति प्राप्त गर्न तयार छौँ, हामी अमेरिकाले युक्रेनको सम्प्रभुता र स्वतन्त्रता कायम राख्न गरेको सहयोगलाई धेरै महत्त्व दिन्छौँ’ ।”

यसअघि मङ्गलबार जेलेन्स्कीले शुक्रबार उहाँहरूका बीचको विवादपछि ट्रम्पसँग ‘कुरा सुधार गर्न’ चाहेको बताउनुभएको थियो ।

ओभल अफिसमा उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई अमेरिकी सहायताप्रति कृतघ्न भएको आरोप लगाउनुभएको थियो भने ट्रम्पले युद्धरत नेतालाई ‘खेल्ने कुनै कार्ड छैन’ भन्दै आलोचना गर्नुभएको थियो ।

जेलेन्स्की युक्रेनी खनिज स्रोतहरूमा नियन्त्रण सुरक्षित गर्न अमेरिकालाई ट्रम्पद्वारा गरिएको सम्झौतामा हस्ताक्षर नगरी नै प्रस्थान गर्नुभएको थियो ।

पछि ट्रम्प प्रशासनले तीन वर्षअघि रुसले आक्रमण गरेको युक्रेनलाई सबै सैन्य सहायता स्थगित गरेको बताएको थियो।

“खनिज र सुरक्षासम्बन्धी सम्झौताका सन्दर्भमा युक्रेन कुनै पनि समयमा तपाईँका लागि सुविधाजनक हुने गरी हस्ताक्षर गर्न तयार छ, उहाँले यो पत्र पठाएकोमा म आभारी छु, यो केही समयअघि मात्रै प्राप्त भयो”, विपक्षी डेमोक्रेटिक पार्टीका धेरै सांसदले आफ्नो ल्यापेलमा अमेरिकी र युक्रेनी झण्डा लगाएका कंग्रेसलाई सम्बोधन गर्दै ट्रम्पले भन्नुभयो, “साथै हामीले रुससँग गम्भीर छलफल गरेका छौँ र उनीहरू शान्तिका लागि तयार छन् भन्ने बलियो सङ्केत प्राप्त गरेका छौँ, के त्यो सुन्दर हुँदैन ?“