एजेन्सी । च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनल खेलमा भारत र अष्ट्रेलिया खेल्दैछन् । दुबईको अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर अष्ट्रेलियाले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
रोहित शर्माले भने एकदिवसीय क्रिकेटमा लगातार १४ औं टस हारेका हुन् ।
अष्ट्रेलियाको टोलीमा दुई परिवर्तन हुँदैछ । म्याथ्यु सर्टको स्थानमा कुपर कोनोली र स्पेन्सर जोन्सनको स्थानमा तनवीर सांघाले मौका पाएका छन् । भारतीय टोलीले पछिल्लो खेलको प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन ।
दुबईमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।
दुवै टोलीको प्लेइङ–११
भारत: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, रविन्द्र जडेजा, कुलदीप यादव, वरुण चक्रवर्ती र मोहम्मद शामी।
अष्ट्रेलियाः स्टिभ स्मिथ (कप्तान), ट्राभिस हेड, कूपर कोनोली, मार्नस लाबुस्चेन, जोस इंग्लिस (विकेटकीपर), एलेक्स केरी, ग्लेन म्याक्सवेल, नाथन एलिस, बेन द्वारसा, एडम जाम्पा र तनवीर सांघा।










