१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

वन ढडेलो नियन्त्रण गर्न अनुसन्धानलाई प्रथामिकता दिनुपर्नेमा जोड

वन ढडेलो नियन्त्रण गर्न अनुसन्धानलाई प्रथामिकता दिनुपर्नेमा जोड
अ अ+ अ-

काठमाडौं। सरोकारवालाले वन डढेलो नियन्त्रणका लागि अनुसन्धानलाई प्रथामिकता दिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल वन प्राविधिक सङ्घ (एनएफए) को स्वर्ण महत्वसको अवसरमा आयोजित मानव वन्यजन्तु द्वन्द्व र वन डढेलो व्यवस्थापन विषयक नीति संवादमा बोल्दै सरोकारवालाले अनुसन्धानले प्रथामिकता पाउन नसकेको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका हुन् । वन डडेलो व्यवस्थापन कसरी गर्ने रु देखिएका समस्या र समाधानका उपाय, परिमार्जन गर्नुपर्ने नीतिलगायतका विषयमा विस्तृत अध्ययन अनुसन्धान हुन नसकेको भन्दै अनुसन्धान बढाउनुपर्नेमा उनीहरुको जोड थियो ।

संवादमा वन तथा वातावरण मन्त्रालयका सह–सचिव दिपक ज्ञावालीले वन अनुसन्धानको आधारमा ढडेलोसम्बन्धि नीति परिमार्जन गर्न नसकिएको बताए । “डढेलो कसरी नियन्त्रण गर्ने रु किन समस्या समाधान भइरहेको छैन रु अवको दिर्घकालिन रणनीति के हुने रु भन्ने विषयमा विस्तृत अनुसन्धान गरेर नीति परिमार्जन गर्नु आजको आवश्यकता हो,” उनले भने, “डढेलो व्यवस्थापनका नयाँ नयाँ प्रविधि र उपायसमेतलाई समावेश गरी नयाँ नीति परिमार्जन गर्नुपर्छ । यसलाई मन्त्रालयले गम्भिर रूपमा लिएको छ ।”

डढेलोविद् कृष्ण भुजेलले वन डढेलो व्यवस्थापनबारे अध्ययन अनुसन्धान नै कम भएको भन्दै अब यसका राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए । बर्दियाका डिभिजनल वन अधिकृत विजय सुवेदीले डढेलो नियन्त्रणका लागि अग्नि रेखा बनाउनुपर्ने, सक्षम जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र आगो लागेको जानकारी छिटो थाहा पाउन सकेमा नियन्त्रणमा सहज हुने बताए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की उपमा कोजुले डढेलो नियन्त्रणका लागि प्रविधिमा लगानी बढाउनुपर्ने र सुचनाको प्रयोग बढाउनुपर्ने बताए । यसैगरी प्रस्तुतकर्ता तथा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उप–सचिव सुदिप छत्कुलीले डढेलो नियन्त्रणका लागि सरकार, समुदाय र निजी क्षेत्र तथा तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए ।रासस