५ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेश सरकारको ११ महिनामा पुँजीगत खर्च १३ दशमलव ७६ प्रतिशत मात्र कञ्चनपुरको पुनर्वास ३३/११ केभी सबस्टेशन सञ्चालनमा पर्वतका सामुदायिक विद्युतीकरण संस्था आर्थिक सङ्कटमा, सेवा विस्तार र हस्तान्तरणमा अवरोध मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलत कामगर्ने बालगृह माथि कडा कार्वाही गर्छु –मन्त्री पार्वत गुरुङ



अ+ अ-

काठमाडौं । महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले गलत कामगर्ने बालगृह माथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ । मन्त्री गुरुङले बालबालिकाको हितमा केन्द्रित भएर कामगर्न सम्बन्धित सबै निकायलाई आह्वान पनि गर्नु भएको छ ।

‘कोभिड–१९ संकटका बेला अनाथ, असहाय बालबालिकाहरु झनै जोखिममा परेका छन,’मंगलबार काठमाडौंमा आयोजितकोभिड–१९ संकटका बेला बाल संरक्षणका लागि दक्षिण एशियाली राष्ट्रहरुबीचको सहकार्य विषयक भर्चुअल बैठकमा बोल्दै उहाँले भन्नु भयो,‘जोखिममा परेका त्यस्ता बालबालिकाहरुको संरक्षण गर्न दक्षिण एशीयाली राष्ट्रहरु बीच अझै बलियो सहकार्यको आवश्यक्ता छ ।’ मन्त्री गुरुङले सरकारले अनाथ तथा असहाय बालबालिका हरुको उचित व्यवस्था हुनेगरी बालबालिका सम्बन्धि १० वर्षे रणनीतिक योजना तयार पार्ने कामलाई अन्तिम चरणको पु¥याएको पनिजानकारी दिनु भयो । उहाँले एक वर्ष भित्र नेपाललाई सडक बालबालिका मुक्त देश घोषणागर्ने तयारी भईरहेको बताउनु भयो ।

कोभिड–१९ र बाढि÷पहिरोको कारण यसै वर्ष सडक बालबालिका मुक्तबनाउने सरकारको अभियान पूरा हुन नसकेको मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले अनाथ तथा गरिव बालबालिकाको संरक्षण र उनीहरुको शिक्षा, स्वास्थ्यको उचित व्यवस्था गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भयो ।