९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

युरोपेली नेताहरू लन्डन शिखर सम्मेलनमा युक्रेनलाई समर्थन बढाउन तत्पर

युरोपेली नेताहरू लन्डन शिखर सम्मेलनमा युक्रेनलाई समर्थन बढाउन तत्पर
Britain's Prime Minister Keir Starmer shakes hands with Ukraine's President Volodymyr Zelenskyy during a meeting in London on March 1, 2025, ahead of a European leaders summit the following day.
अ अ+ अ-

एजेन्सी । किएभ र वासिङ्टनबीचको आश्चर्यजनक झडपपछि युक्रेनका लागि सुरक्षा सहयोग र समर्थन बढाउन खोज्दै सङ्कट वार्ताका लागि आइतबार लन्डनमा एक दर्जनभन्दा बढी युरोपेली नेताहरू भेला हुँदैछन् ।

युक्रेनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको वार्तामा किएभलाई कमजोर पार्न लागेको बढ्दो चिन्ताको सामना गर्न आफ्नो दृढ प्रतिबद्धतालाई जोड दिइरहेका छन् ।

ह्वाइट हाउसबाट निकालिएको भोलिपल्ट युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई शनिबार डाउनिङ स्ट्रिटमा न्यानो स्वागत गरिएको थियो ।

उहाँले क्यामेराको सामुन्ने बेलायती प्रधानमन्त्रीलाई दुई पटक अँगालो हाल्नुभयो र रूसको आक्रमणबाट तीन वर्षभन्दा बढी समयदेखि बचाउ गर्दै आएको रक्षा क्षमता बढाउन ऋण सुरक्षित गर्नुभयो ।

“म युद्धको शुरुआतदेखि नै अत्यधिक समर्थनका लागि बेलायतका जनता र सरकारलाई धन्यवाद दिन्छु”, जेलेन्स्कीले भन्नुभयो, “हामी यस्ता रणनीतिक साझेदारहरू पाएर र सबैका लागि सुरक्षित भविष्य कस्तो हुनुपर्छ भन्नेबारे एउटै दृष्टिकोण साझा गर्न पाउँदा खुसी छौँ ।”

सुरक्षा शिखर सम्मेलनमा युरोपेली सहयोगीहरूको समूहमा सामेल हुनुअघि उहाँले आइतबार राजा चाल्र्स तृतीयलाई भेट गर्नुहुने कार्यक्रम छ ।

यस बैठकले फ्रान्स, जर्मनी, डेनमार्क र इटालीका साथै टर्की, नाटो र युरोपेली सङ्घ ९इयु० लगायत महादेशीय युरोपका नेताहरूलाई एकसाथ ल्याउँदैछ ।

बेलायती प्रधानमन्त्री किर स्टार्मरले भन्नुभयो, “अब युक्रेनका लागि सर्वोत्तम परिणाम सुनिश्चित गर्न, युरोपेली सुरक्षाको रक्षा गर्न र हाम्रो सामूहिक भविष्य सुरक्षित गर्न हामी एकजुट हुने समय हो ।”

डाउनिङ स्ट्रिटले आइतबारको शिखर सम्मेलनले फेरि ‘स्थायी शान्ति प्रदान गर्ने बलियो स्थायी सम्झौताको’ आवश्यकतालाई जोड दिने र ‘बलियो सुरक्षा ग्यारेन्टीका लागि योजना बनाउने अर्को कदमहरू’ बारे छलफल गर्ने बताएको छ ।

संयुक्त राज्य अमेरिकाले नाटोलाई निरन्तर समर्थन गर्नेछ कि छैन भन्ने बारे चिन्ता बढ्दै गर्दा बेलायतमा हुने यो भेलाले युरोपेली रक्षा सहकार्य बढाउने आवश्यकतालाई पनि सम्बोधन गर्नेछ ।

अत्यन्त स्वागत योग्य

शनिबार जेलेन्स्कीको काफिला लन्डनमा पुग्दा समर्थकहरूको भीडले जयजयकार गरेको थियो ।

स्टारमरले ७५ मिनेटको बन्द ढोका वार्ताअघि जेलेन्स्कीलाई भन्नुभयो, “तपाईंलाई यहाँ डाउनिङ स्ट्रिटमा धेरै धेरै स्वागत छ ।”

जेलेन्स्कीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै जनाले युक्रेनको स्थिति र ‘स्थायी र न्यायपूर्ण शान्तिका साथ… जसले रूसलाई युद्धविरामको उपयोग गरेर पुनः हतियार सङ्ग्रह गर्न र फेरि आक्रमण गर्न अनुमति दिनेछैन’ द्वारा अन्त्य गर्ने तरिकाबारे छलफल गर्नुभयो ।”

उहाँहरूले युक्रेनको रक्षा क्षमतालाई समर्थन गर्न दुई अर्ब २६ करोड पाउन्ड (दुई अर्ब ८४ करोड डलर) ऋण सम्झौताको पनि अनावरण गर्नुभयो । यसलाई सार्वभौम रूसी सम्पत्तिको नाफाबाट फिर्ता तिर्नुपर्नेछ ।

“यो रकम युक्रेनमा हतियार उत्पादन गर्न निर्देशित गरिनेछ”, जेलेन्स्कीले भन्नुभयो, “यो साँचो न्याय हो–जसले युद्ध सुरु गर्‍यो उसले यसको मूल्य चुकाउनु पर्छ ।”

लन्डनमा रहँदा उहाँले ‘यस्ता रणनीतिक साझेदारहरू पाउन र सबैका लागि सुरक्षित भविष्य कस्तो हुनुपर्छ भन्ने समान दृष्टिकोण साझा गर्न पाउँदा’ खुसी भएको बताउनुभयो ।

केही घण्टाअघि मात्र जेलेन्स्कीलाई ह्वाइट हाउसमा चिच्याएर बोल्न रोकिएको थियो ।

ओभल अफिसमा क्यामेराहरू घुमिरहँदा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिसाएर जेलेन्स्कीलाई ‘कृतज्ञ’ नभएको र उहाँहरूले प्रस्ताव गरेको युद्धविरामका शर्तहरू अस्वीकार गरेको आरोप लगाउनुभयो ।

ट्रम्पले उहाँलाई कृतज्ञता नदेखाएको र तेस्रो विश्वयुद्धको सम्भावनामा जुवा खेलेको आरोप पनि लगाउनुभयो ।

यसैबीच दलहरूले युद्ध अन्त्य गर्न वार्ता गरिरहेकाले जेलेन्स्कीले पुटिनसँग ‘कुनै सम्झौता’ हुन नहुने कुरामा जोड दिनुभयो ।

रणनीतिक साझेदारहरू

ट्रम्पले युक्रेनका लागि वासिङ्टनको वर्षौंदेखिको समर्थनमा अचानक परिवर्तन गरेर किएभ र युरोपेली सहयोगीहरूलाई चिन्तित बनाउनुभएको छ ।

हालै पदभार सम्हाल्नुभएका रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफूलाई पुटिन र जेलेन्स्की बीचको मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्नुभएको छ र पुटिनसँग सम्बन्ध सुधार गर्ने क्रममा किएभ र युरोपलाई किनारा लगाउनुभएको छ ।

ओभल अफिसमा ट्रम्पले आफूले सार्वजनिक रूपमा रिपोर्ट गरिएको भन्दा बढी पुटिनसँग ‘धेरै अवसरमा कुराकानी गरेको’ बताउनुभयो ।

गत हप्ता वासिङ्टनमा स्टार्मरसँगको भेटपछि ट्रम्पले युक्रेनमा द्वन्द्व अन्त्य गर्ने सम्झौतामा ‘धेरै प्रगति’ भएको र वार्ता महत्त्वपूर्ण चरणमा रहेको बताउनुभएको थियो ।

ह्वाइट हाउसको झगडापछि माफी माग्न अस्वीकार गरे पनि जेलेन्स्कीले ‘कठिन संवादका बावजुद’ युक्रेन र संयुक्त राज्य अमेरिका ‘रणनीतिक साझेदार रहनेछन्’ भनी जोड दिँदै उहाँ अझै पनि ट्रम्पले चाहेको युक्रेनको खनिज सम्पदामा सम्झौता गर्न तयार रहेको सङ्केत गर्नुभएको छ ।

“तर हामीले हाम्रा साझा लक्ष्यहरू साँच्चै बुझ्नका लागि एकअर्कासँग इमानदार र प्रत्यक्ष हुन आवश्यक छ”, युक्रेनी नेताले एक्समा लेख्नुभयो ।

यसैबीच रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले ‘ओभल अफिसमा उचित थप्पड’ पाउनुभएका जेलेन्स्कीलाई ‘अभद्र सुँगुर’ भन्नुभएको छ ।

मस्कोले जेलेन्स्कीको वासिङ्टन यात्रालाई ‘पूर्ण असफलता’ को रूपमा ब्रान्ड गरेको छ भने जर्मनीका विदेशमन्त्री एनालेना बेरबकले ट्रम्पलाई द्वन्द्वमा ‘…पीडित र आक्रमणकारीको भूमिका परिवर्तन’ गरेको आरोप लगाउनुभयो ।

“हिजोको साँझले बदनामीको नयाँ युग सुरु भएको छ भनेर रेखाङ्कित गर्‍यो”, उहाँले भन्नुभयो ।