वीरगन्ज । बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको बिहीबार बिहान नारायणी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रवक्त डा. अतुलेश चौरसियाका अनुसार बाराको हर्दिया निवासी २३ वर्षीया महिलाको मृत्यु भएको हो ।
ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए ।
अस्पतालका प्रवक्ताका अनुसार उच्च रक्तचाप समेत रहेको ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान साढे ६ बजे उनको मृत्यु भएको डा.चौरसियाले बताए ।