११ आश्विन २०८१, शुक्रबार
,
Latest
राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना उपचाररत ५० वर्षीय पुरुषको मृत्यु



अ+ अ-

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको गत राति उपचारका क्रममै मृत्यु भएको  कोराना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिए । 

यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताजस्ता समस्या थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो । योसँगै कपिलवस्तुका तीन जनाको कोरोना अस्पतालमा उपचार गर्दागर्दे मृत्यु भएको छ । त्यस्तै, रुपन्देहीका २ र प्युठानका १ गरी जम्मा ६ जनाको यो अस्पतालमा मृत्यु भएको डा. थापाले बताए ।

मृतकको शव व्यवस्थापन सेना गर्ने तयारी गरेको छ ।