१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोल्डन स्कोरमा सेनालाई हराउँदै आयोजकले उचाल्यो गोर्खाली रग्बी सेभेन्स



अ+ अ-

काठमाडौं। गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जित्न सफल भएको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बी क्लबले त्रिभुवन आर्मी क्लबलाई १२–७ को स्कोरले पराजित गर्यो।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय ७–७ स्कोरले बराबरी भएको थियो। त्यसपछिको थप समयमा गोर्खालीले गोल्डेन स्कोर गर्दै च्याम्पियन बनेको हो। गोर्खालीका कप्तान यदु अधिकारीले उक्त गोल्डन स्कोर गरेका हुन्।

जितसंगै विजेता टोलीले २ लाख रुपैंया जित्न सफल भएको छ। नेपाली रग्बी खेलको इतिहासमा यो अहिले सम्मको सर्वाधिक राशी हो। उपविजेता त्रिभुवन आर्मी क्लबले १ लाख रुपैंया प्राप्त गर्यो।

गोर्खाली रग्बी क्लबका भारतीय खेलाडी जावेद हुसेन प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्न सफल भए। यसअघिको सेमिफाइनलनमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १७–१२ स्कोरले पराजित गरेको थियो। उक्त खेलको निर्धारित समय पनि १२–१२ को स्कोरमा बराबरी हुन पुगेको थियो। खेलको अन्तिम समयमा कर्णालीले एउटा सहज कन्भर्जनमा पाएको २ स्कोर गर्न चुक्दा टोलीको फाइनल पुग्ने अवसर गुमायो। त्यसपछिको थप समयमा आर्मीले गोल्डन स्कोर गर्दै जोड्दै फाइनलमा स्थान बनाएको थियो।

दोस्रो सेमिफाइनल खेलमा आयोजक गोर्खाली रग्बी क्लबले सशश्त्र प्रहरी बलको एपीएफलाई २९–० स्कोरले सहजै पराजित गर्यो। एकतर्फी रुपमा टुंगिएको खेलमा गोर्खाली क्लब शुरुआत देखि नै हावी देखिएको थियो। खेलमा एपीएफले कुनै अंक जोड्न सकेन।

प्रतियोगिताका विजेता टोलीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्की, राइट पथका एमडी फिलिप केसी, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले पुरस्कार वितरण गरेका छन्।