२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहसिक खेलका माध्यमबाट खेल कूटनीतिको विकास गर्न सकिन्छ : परराष्ट्रमन्त्री



अ+ अ-

ललितपुर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कूटनीतिका माध्यमबाट खेलको विकास र विस्तार गर्न सकिने बताउँदै साहसिक खेलको विकास गर्न सकिए यो संसारकै लागि आकर्षणको केन्द्र बन्ने बताउनुभएको छ ।

नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा सञ्चालित चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पुरस्कार वितरण गर्दै उहाँले नेपालमा साहसिक खेलका माध्यमबाट खेल कूटनीतिको विकास र विस्तार गर्न सकिने सम्भावना आफूले देखेको जानकारी गराउनुभयो ।

हिजोआज खेलकुदको आकर्षण र महत्व विश्वव्यापी बढ्दै गइरहेकाले नेपालका हिमाल, पहाड, नदी तथा खोलाहरू साहसिक पर्यटनका लागि संसारमै प्रख्यात रहेका पनि स्पष्ट गर्नुभयो । गत अक्टोबरमा कतारको दोहामा आयोजना भएको एसीडीको तेस्रो सम्मेलनमा खेल कूटनीतिलाई प्रमुख विषयका रूपमा राखिएको स्मरण गर्दै उहाँले भन्नुभयो “कूटनीतिबाट पनि खेलको विकास गर्न सकिन्छ भन्ने कुरा मैले त्यहाँ बुझेँ र त्यहाँ उपस्थित धेरै देशका विदेशमन्त्रीहरुले विभिन्न खेलको नाम लिँदा मैले नेपालमा माउन्टनेयरिङ र ह्वाइट वाटर -याफ्टिङको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छु ।”

त्यसपछि नेपाल फर्किएर यस विषयमा आफूले खेलकूद क्षेत्र र सरकारी निकायका अधिकारीहरुसँग बैठक गरी नेपालमा माउन्टनेयरिङ र ह्वाइट वाटर -याफ्टिङको विकास र विस्तारको सम्भावनाका बारेमा पनि कुराकानी गरिसकेको जानकारी मन्त्री डा राणाले दिनुभयो ।

नेपालले विश्वका पर्यटकलाई यस क्षेत्रमा आकर्षित गरी साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तार गर्न सकिने भएकाले यस विषयमा नेपाली कांग्रेस र पार्टीको खेलकूद विभागमा पनि व्यापक मात्रामा छलफल गर्नुपर्ने उहाँको भनाई थियो ।

सो कार्यक्रममा मन्त्री डा राणाले नेपालामा साहसिक खेलकूदहरु विशेषगरी माउन्टनेयरिङ, ¥याफ्टिङ आदिमा विश्वका पर्यटककै रुचि बढ्दो देखिएको र यी क्षेत्रमा तालिम एवं कोर्षको व्यवस्थासमेत रहेकाले यसका माध्यमबाट पनि पर्यटक भित्र्याउन सकिने धारणा राख्नुभयो ।

नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक सम्पदाका कारण यहाँ रहेको साहसिक खेलको सम्भावनालाई विश्वमै उजागर गर्न आवश्यक रहेको पनि उहाँको भनाई थियो । मन्त्री डा राणाले कृष्णप्रसाद भट्टराइजस्तो नेपालमा प्रजातन्त्र र नागरिक शासनका लागि जीवन आहुति दिनुभएका सन्त नेताको नाममा खेल प्रतियोगिता राखेकामा सो आयोजकहरुलाई धन्यवाद दिनुभएको थियो ।