५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओभल अफिसमा ट्रम्प र जिलेन्स्की बिच भनाभन



अ+ अ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जिलेन्स्की बिच ह्वाइटहाउसको ओभल अफिसमा भनाभन र चर्काचर्की परेको छ ।

युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जिलेन्स्कीबीच घोचपेच चलिरहेका बखत राष्ट्रपति जिलेन्स्की शुक्रबार वासिङ्टन डिसी पुग्नु भएको थियो ।

तर अमेरिकी राष्ट्रपतिको कार्यालयमा एकाएक वातावरण तनावमा परिणत भएको थियो । अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति जेडी भान्सले युद्धविराम गर्न र अमेरिकी सहयोगप्रति अनुगृहीत हुन सुझाएपछि परिस्थिति बिग्रिएको थियो ।

अमेरिकी सहयोग बेगर युक्रेन टिक्न सक्दैन भन्दै ट्रम्प र भान्सले भनिरहेका थिए, तर यतिमात्र सत्य होइन भन्दै जिलेन्स्की आक्रोशित बनेका थिए ।

यो संवाद लगत्तै ट्रम्प र जिलेन्स्कीको संयुक्त पत्रकार सम्मेलन रद्द भएको छ भने दुबै देशबिच हुने भनिएको खनिज उत्खनन सम्बन्धी संझौतामा हस्ताक्षर भएन ।

त्यस लगत्तै जिलेन्स्की ह्वाइटहाउसबाट बाहिरिएका थिए ।

युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जिलेन्स्कीबीच घोचपेच चलिरहेका बखत राष्ट्रपति जिलेन्स्की शुक्रबार वासिङ्टन डिसी पुग्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति जिलेन्स्की वासिङ्टन डिसीमा