१२ श्रावण २०८३, मंगलवार
,
Latest
निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसको विकास र समृद्धिमा ध्यान केन्द्रित : अध्यक्ष प्रचण्ड



अ+ अ-

सप्तरी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको विकास र समृद्धिमा आफू नेतृत्वको पार्टीले निरन्तर ध्यान दिँदै आएको बताए ।

तराई मधेस जागरण अभियानअन्तर्गत यहाँको खडक नगरपालिकामा आज आयोजित साक्षर नगरपालिका निर्माण अभियान कार्यक्रममा उनले भने सुशासन कायम गर्नुप¥यो, मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्नुप-यो, भनेर म लगायत पार्टीको सिङ्गो नेतृत्व टिम अहिले तराई मधेस अभियानमा आएको छ ।”

सङ्घीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता माओवादी भएकाले अब माओवादी र मधेसी जनताको एकता अपरिहार्य भइसकेको उनले जिकिरगरेका छन्।

अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामकरण पहिचानबाट भएकामा गर्व महसुस भएको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित नहुने हो भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत गराए।

आफूलाई मधेसवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादीतिर उन्मुख रहेको उनको आरोप थियो ।  माओवादीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष दाहालले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने सहिदका सपना पूरा गर्ने जिम्मेवारी माओवादीले लिने प्रतिबद्धता जनाए ।




भर्खरै