१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग

चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ ।

काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक समारोहमा एन्जिलासँगै अभिनेता दयाहाङ राई, कलाकार सुमिन गुरुङ, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, निर्देशक मिलन चाम्स लगायतको उपस्थिति थियो । एन्जिला नै यस चलचित्रकी प्रमुख कलाकार हुन् । कार्यक्रममा निर्देशक चाम्सले यो चलचित्रमा अधिकांश राष्ट्रिय खेलाडीहरूले अभिनय गरेको जुन कुरा निकै गाह्रो भएको बताए । चाम्सले गैर कलाकारलाई अभिनय गराउनु अत्यन्त कठिन रहेको जनाउँदै अभिनेता दयाहाङ राईलाई दुई वर्ष पर्खेर अभिनय गराएको बताए । चाम्सले चलचित्र हेर्न आउनुअघि दर्शकले धेरै कुरा जानेर आउनुपर्छ भन्ने लागेर ट्रेलरमा केही कुराहरू खुलासा गरिएको जनाए ।

चलचित्रका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले यो चलचित्रमा कथा फुटबलभन्दा पनि अञ्जिलाको कथा मुख्य रहेको बताए ।

अभिनेता दयाहाङ राईले आफू हरेक नेपाली खेलको प्रशंसक र दर्शक रहेको बताउँदै महिला फुटबल टोलीको म ठुलो फ्यान रहेको जनाए । ूकप्तानको फिल्म बन्दैछ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएँ । यसको लागि म जिन्दगीभर ऋणी हुनेछु,ू राईले भने ।

कार्यक्रममा एन्जिलाले आफूले बिर्सन नहुने धेरै नामहरू रहेको र त्यसमा निर्देशक मिलन चाम्स थपिएको बताइन् । ‘म मिलन दाइलाई पनि जिन्दगीभर भुल्दिनँ । पहिले म डराउँथेँ तर आजकल आफ्नै दाइ हो जस्तो लाग्छ । मेरो कथा उहाँहरूकै जिम्मामा छोडेर जाँदैछु । हृदयदेखि नै आभारी छु । मैले सोचेको पनि थिइनँ कि मैले दयाहाङ राईसँग फिल्म खेल्छु भनेर । उहाँ जस्तोसुकै अवस्थामा पनि खेलमा समर्पित हुनुहुन्थ्यो,’ एन्जिलाले भनिन् ।

उनले आफू काठमाडौं आएदेखि गड फादर बनेर बाटो देखाउने प्रेम कुमार श्रेष्ठलाई धन्यवाद दिँदै भनिन्, ‘म आज जुन बाटोमा छु उहाँले गर्दा नै छु । मेरो मात्र नभएर अन्य खेलाडीहरूको फिल्म पनि बन्नुपर्छ भन्ने बाटो खुलेको छ ।’ एन्जिलाले आफू १३ वर्ष हुँदा पनि मैले ६० किलोको चामलको भारी बोक्ने गरेको बताउँदै छायाङ्कनमा खासै अप्ठ्यारो नलागेको जनाइन् ।

चलचित्रमा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।