२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश पास गर्ने विकल्पको खोजी, उच्चस्तरीय संयन्त्रको बैठक बस्दै



अ+ अ-

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजे बस्ने गरी संयन्त्रको बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनका विषयमा छलफल हुने छ । त्यसैगरी सरकारले संसद्मा पेश गरेका छ वटा अध्यादेश पारित गर्ने विकल्पका विषयमा पनि छलफल हुने छ ।

संयन्त्रमा एमालेबाट प्रधानमन्त्री ओलीसहित, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।

काँग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि बैठकमा उपस्थित हुनेछन् ।

सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन । आजको बैठकमा उक्त अध्यादेशको बारेमा पनि छलफल हुने जनाइएको छ ।