४ पुष २०८२, शुक्रबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेजस्वी र बेल्मन्टलाई टप्स बास्केटबल उपाधि



अ+ अ-

काठमाडौँ। तेजस्वी एकेडेमी र बेल्मन्ट इन्टरनेसनल स्कुलले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । तेजस्वी सिनियर ब्वाइज तथा बेल्मन्ट सिनियर गल्र्समा च्याम्पियन बने ।

तार्केश्वर नगरपालिका १, साङला स्थित ल्यान्डमार्क एकेडेमीमा भएको सिनियर ब्वाइजको फाइनलमा तेजस्वीले गण्डकीलाई ४३–३० ले पराजित ग¥यो । तेजस्वीका विराज गुरुङले १२ अंक जोडे । नवोदितले बेल्मन्टलाई २५–१३ ले हराउदै तेश्रो भयो । नवोदितका आदेश बगालेले १२ स्कोर गरे ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्स फाइनलमा बेल्मन्टले ल्यान्डमार्कलाई १३–११ ले पाखा लगायो । बेल्मन्टकी जेशिका गुरुङले ७ अंक जोडिन् । ह्वाइट हेभेनले संस्कृति शिक्षा सदनमाथि १३–१२ को कठिन जित दर्ता गर्दै तेश्रो भयो । ह्वाइट हेभेनकी कल्पना ओलीले ७ अंक बटुलिन् ।

सिनियर ब्वाइजमा तेजस्वीका दिपेन छन्त्याल तथा सिनियर गल्र्समा बेल्मन्टकी समिक्षा पुन मगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा तेजस्वीका आयुश अधिकारी तथा सिनियर गल्र्समा ल्यान्डमार्ककी सगुनी देवकोटा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । आयुशले ५७ तथा सगुनी ३२ स्कोर गरे ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, तार्केश्वर नगरपालिका वडा १ का अध्यक्ष विदुर सापकोटा, टप्सका अध्यक्ष भरतमणि पोखरेल, ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठ, टप्सका इसीए को–ओर्डिनेटर थिरबहादुर बस्नेतलगायते एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको सिनियर ब्वाइजमा १४ तथा सिनियर गल्र्समा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।