३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेजस्वी र बेल्मन्टलाई टप्स बास्केटबल उपाधि



अ+ अ-

काठमाडौँ। तेजस्वी एकेडेमी र बेल्मन्ट इन्टरनेसनल स्कुलले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । तेजस्वी सिनियर ब्वाइज तथा बेल्मन्ट सिनियर गल्र्समा च्याम्पियन बने ।

तार्केश्वर नगरपालिका १, साङला स्थित ल्यान्डमार्क एकेडेमीमा भएको सिनियर ब्वाइजको फाइनलमा तेजस्वीले गण्डकीलाई ४३–३० ले पराजित ग¥यो । तेजस्वीका विराज गुरुङले १२ अंक जोडे । नवोदितले बेल्मन्टलाई २५–१३ ले हराउदै तेश्रो भयो । नवोदितका आदेश बगालेले १२ स्कोर गरे ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्स फाइनलमा बेल्मन्टले ल्यान्डमार्कलाई १३–११ ले पाखा लगायो । बेल्मन्टकी जेशिका गुरुङले ७ अंक जोडिन् । ह्वाइट हेभेनले संस्कृति शिक्षा सदनमाथि १३–१२ को कठिन जित दर्ता गर्दै तेश्रो भयो । ह्वाइट हेभेनकी कल्पना ओलीले ७ अंक बटुलिन् ।

सिनियर ब्वाइजमा तेजस्वीका दिपेन छन्त्याल तथा सिनियर गल्र्समा बेल्मन्टकी समिक्षा पुन मगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा तेजस्वीका आयुश अधिकारी तथा सिनियर गल्र्समा ल्यान्डमार्ककी सगुनी देवकोटा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । आयुशले ५७ तथा सगुनी ३२ स्कोर गरे ।

विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, तार्केश्वर नगरपालिका वडा १ का अध्यक्ष विदुर सापकोटा, टप्सका अध्यक्ष भरतमणि पोखरेल, ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठ, टप्सका इसीए को–ओर्डिनेटर थिरबहादुर बस्नेतलगायते एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको सिनियर ब्वाइजमा १४ तथा सिनियर गल्र्समा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।