
इलाम । इलाममा पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
माई नगरपालिका–१ पाल्टार माईखोला पुल नजिकै पिकअप दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका इलामका कार्यवाहक प्रमुख जिल्ला अधिकारी हरि मगरले जानकारी दिए ।
महमाईबाट नेपाल मगर संघको एक कार्यक्रममा सहभागी लिएर दानाबारीतर्फ आउदै गरेको प्रदेश १–०२–००२च ४१९२ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएकाहरूलाई माई अस्पतालमा उपचार भईरहेको छ । जसमध्ये ८ जनालाई थप उपचारका लागि बिर्तामोडतर्फ लगिएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।