२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा धनी र नाफामा रहेको पार्टी एमाले, अन्य दल घाटामा



अ+ अ-

काठमाडौँ । सत्तारुढ तथा सदनको दोस्रो ठूलो दल नेकपा (एमाले) आम्दानीको हिसाबमा सबैभन्दा धनी देखिएको छ ।

निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ वर्षको आय व्यय विवरण अनुसार एमाले सबैभन्दा धनी दल देखिएको हो ।

एमालेले गत आर्थिक वर्ष (२०८०/८१) मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । यस्तै, खर्चको कुरा गर्दा एमालेले ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको छ । यस हिसाबले एमालेसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत छ ।

एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क रहेको छ । एमालेले यो शीर्षकमा आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरुबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी, संसद्को पहिलो दल नेपाली कांग्रेस, तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र), चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) भने घाटामा देखिन्छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा राजनीतिक दलहरुले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र परीक्षणको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै संसदको पहिलो ठूलो पार्टी नेपाली कांग्रेस भने आम्दानीका हिसाबले नेकपा एस र रास्वपा भन्दा पनि कमजोर देखिएको छ । कांग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा निर्वाचन आयोगमा पेश गरेको छ । उसको गत आर्थिक वर्षको आम्दानी जम्मा २ करोड ५९ लाख रुपैयाँ छ । खर्च ४ करोड देखाएको छ ।

त्यस्तै संसदको तेस्रो ठूलो दल माओवादी केन्द्र आम्दानीको हिसाबले पाँचौँमा देखिएको छ । माओवादी केन्द्रको गत आर्थिक वर्षको आम्दानी १ करोड ८६ लाख ५३ हजार रुपैयाँ रहेको निर्वाचन आयोगले जनाएको छ । माओवादीले ५३ हजार घाटाको हिसाब देखाएको छ ।

त्यस्तै रास्वपाले गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने ६ करोड ५० लाख रहेको छ ।

संसदमा १० सिट रहेको नेकपा एस आम्दानीका हिसाबले भने एमालेपछिको धनी देखिएको छ । तर उसको खर्च पनि उत्तिकै भएर घाटाकै हिसाब पेश गरेको छ । नेकपा एसको गत आर्थिक वर्षको आम्दानी ४ करोड २४ लाख ५३ हजार रुपैयाँ छ भने खर्च ४ करोड ५७ लाख पेश गरेको छ ।

हालसम्म ८८ वटा राजनीतिक दलले आम्दानी खर्चको विवरण बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

 




भर्खरै