
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप फाइनल खेल हेर्नुहुने भएको छ ।
साँझ ६ बजे नेपाल र म्यानमारबीच हुने फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जानुहुने भएको हो ।
प्रधानमन्त्री ओली सैनिक मञ्च टुँडिखेलमा हुने महाशिवरात्रि तथा २६२औं सेना दिवस समारोहमा सहभागी भएर सेन्ट्रल भेन्यूमा जाने तालिका छ ।
चार राष्ट्र सम्मिलित प्रतियोगितामा घरेलु टोलि नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।