२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

कुल संक्रमितको ०.५५ प्रतिशत मृत्यु

कुल संक्रमितको ०.५५ प्रतिशत मृत्यु
सांकेतिक तस्बिर
अ अ+ अ-

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ । पछिल्लो एक सातामा ६१ जना संक्रमितको मृत्यु भएको छ । गत आइतबार तीन, सोमबार आठ, मंगलबार सात, बुधबार ११, बिहीबार आठ, शुक्रबार १२ र शनिबार १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो एक सातायता शनिबार सबैभन्दा कम जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उपत्यकाभित्र शुक्रबार थप १ सय ८६ जनामा संक्रमण देखिएको हो ।
काठमाडौं उपत्यकामा एक सातामा थपिएका संक्रमितको संख्या

आइतबार (भदौ ७) १८६

  • सोमबार २२४
  • मंगलबार २३२
  • बुधबार ३०१
  • बिहीबार ३७७
  • शुक्रबार ४१५
  • शनिबार १८६

यसअघि गत आइतबार पनि कम मात्रामा १ सय ८६ जनामा नै संक्रमण देखिएको थियो । पछिल्लो एक सातामा उपत्यकाभित्र १ हजार ९ सय २१ जना संक्रमित थपिएका छन् । उपत्यकाभित्र गत आइतबार १८६, सोमबार ४१५, मंगलबार ३७७, बुधबार ३०१, बिहीबार २३२ र शुक्रबार २२४ जनामा संक्रमण देखिएको थियो । हालसम्म काठमाडौं उपत्यकामा ४ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत काठमाडौंमा ३ हजार ९६०, ललितपुरमा ६०६ र भक्तपुरमा ४३१ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म देशभर २० हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये ५५ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक सातामा मात्रै देशभर २ हजार २ सय ५ जना डिस्चार्ज भएका छन् । गत आइतबार २ सय ८१, सोमबार १ सय ७५, मंगलबार ३१३, बुधबार ३८५, बिहीबार ५६९, शुक्रबार १६९ र शनिबार ३१३ जना संक्रमणमुक्त भएका छन् । पछिल्ला केही दिनयता संक्रमितमा लक्षण देखिन थालेको छ ।

  1. एक सातामा ६१ संक्रमितको मृत्यु
  2. देशभर २०,५५५ जना संक्रमणमुक्त

शनिबार देशभर थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ९७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत २२ जना भेन्टिलेटरमा र १ सय ७५ जना संक्रमित आइसियुमा उपचाररत छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ७८ जना र १७ जना भेन्टिलेटरमा रहेका छन् । प्रदेश १ मा १५ जना आइसियुमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा ३८, प्रदेश ५ मा १७ आइसियु र २ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा २४ आइसियुमा र सबैभन्दा थोरै गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत छन् । संक्रमणदर बढ्न नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने र जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । राजधानी दैनिक