२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

सेनाको ब्यारेकमै कोरोना कहर

सेनाको ब्यारेकमै कोरोना कहर
अ अ+ अ-

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको मध्य चरणमा नेपाल पुगेको छ । राजधानी काठमाडौंमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ भने प्रदेश नम्वर २ को आर्थिक राजधानी वीरगन्जमा भने कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरेको छ । प्रदेश नम्बर २ मा अहिले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ भने मृत्युको संख्या पनि अन्य प्रदेशको तुलनामा एक तिहाइ प्रदेश नम्वर २ मा नै रहेको छ । यो प्रदेशमा कोरोना संक्रमण परीक्षण गरेकामध्ये ६० प्रतिशतको नतिजा पोजेटिभ देखिएको छ । अहिले सरकारले प्रदेश नम्बर २ बढी प्रभावित भएपछि जनकपुर, वीरगन्ज र रौतहटमा विशेषज्ञ चिकित्सको टोली परिचालन गरेको छ भने समुदायमा फैलिएको संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासन र स्थानीय सरकारले एकआपासमा भेटघाट र भेला जम्मा हुन समेत प्रतिबन्ध लगाएको छ ।

राजधानी काठमाडौंमा निषेधाज्ञा लगाए पनि त्यसको परिपालना हुन नसक्दा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ । सरकारी आदेश अवज्ञा गर्नेलाई कारबाही गर्ने कानुन नभएका कारण सोचेजस्तो सफलता हात लाग्न नसकेको सुरक्षा अधिकारीहरुले बताएका छन् । काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै अत्यावश्यक सेवाबाहेक अन्य सवारी चल्न नदिने निर्णय स्थानीय प्रशासनले गरेको छ तर त्यसको परिपालना भने भएको देखिँदैन । अत्यावश्यक सेवाका नाममा सवारीसाधन चलेका छन् भने सडकमा मानिसको उपस्थिति र आउजाउ पनि बाक्लै देखिन्छ । सरकारी आदेश अवज्ञा गर्नेमाथि कारबाहीलाई तीव्र बनाएको दाबी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकाल गर्नुहुन्छ । उहाँ सरकारी आदेश उल्लंघन गर्ने १ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गर्ने गरेको बताउछन् । यस्तो संक्रमणको बेला हेलचेक्र्याइँ गर्ने बेला होइन तर मानिसले बुझेर पनि नबुझेको जस्तो गर्दा समस्या उत्पन्न भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कठायत बताउछन्।

सेनाको ब्यारेकमा फैलियो कोरोना
कोरोना संक्रमणको मुख्य व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली सेनाको २ वटा ब्यारेकमा कोरोना संक्रमण फैलिएको छ । नेपाली सेनाको लमजुङमा रहेको कृषि तथा पशुपालन व्यावसायिक स्वावलम्वन तालिम केन्द्रभित्र कोरोना संक्रमण फैलिएको छ । त्यहाँ कसरी कोरोना संक्रमण फैलियो भनेर खोजी गरिरहेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए । त्यसै गरी बाँकेको कौशिलानगरमा रहेको मध्यपश्चिम पृतना तालिम केन्द्रमा पनि कोरोना संक्रमण फैलिएर ५१ जना सैनिक संक्रमित भएका छन् । सो तालिम केन्द्रमा बढुवाका लागि सञ्चालित तालिममा सहभागीमध्येबाट कोरोना संक्रमण फैलिएपछि अहिले तालिम स्थगित गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्युठानबाट तालिममा सहभागी हुन आएका एक सैन्यबाट उक्त कोरोना संक्तमण फैलिएको प्रवक्ता पौडेलले जानकारी दिए । अहिले दुवै ब्यारेकमा आइसोलेसन बनाएर उनीहरुको निगरानी नेपाली सेनाका चिकित्सकहरुले गरिरहेका छन् । अहिलेसम्म नेपाली सेनाका ४ सय ४८ जना संक्रमित भएका छन् । संक्रतिममध्ये १ सय १८ जना निको भएर ब्यारेक फर्किएका छन् भने ३ सय ३१ जनाको विभिन्न क्षेत्रमा रहेको आइसोलेसन सेन्टरमा बसेर चिकित्सकको निगरानीमा उपचारत रहेको प्रवक्ता पौडेलले जानकारी दिए। त्यस्तै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकदेखि जवानसम्म गरेर ७ सय ७३ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएर काममा फर्किएको र १ सय २५ जना भने बिभिन्न आइसोलेसन सेन्टरमा उपचारका क्रममा रहेको प्रहरी प्रवक्ता कठायतले जानकारी दिए ।

यता सशस्त्र प्रहरी बलका ५ सय १५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २ सय १७ जना संक्रमणमुक्त भएर पूर्ववत् काममा फर्किएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए । २ सय ९८ जनाको भने विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।

७ सय ७३ कर्मचारी कोरोना बीमाबाट वञ्चित
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले नेपाल प्रहरीमा सामूहिक कोरोना बीमा गरिदिएको भए पनि भदौ १२ गतेभन्दा अघि संक्रमित भएकाहरुले भने बीमा नपाउने भएका छन् । सरकारको निर्देशनबमोजिम प्रहरी प्रधान कार्यालयले ८० हजार प्रहरी कर्मचारीको बीमा गरेको भए पनि भदौ १२ गतेबाट मात्रै उक्त बीमा लागू गरेका कारण संक्रमित ७ सय ७३ जनाले बीमा नपाउने नेपाल प्रहरीका प्रवक्ता कठायतले जानकारी दिए । नेपाल समाचारपत्र दैनिक