१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा बढ्यो भक्तजनहरुको चहलपहल (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको चहलपहल बढ्न थालेको छ ।

यस वर्ष फागुन १४ गते बुधवारका दिन महाशिवरात्री परेको छ । आजबाट नै पशुपतिनाथ क्षेत्र परिसरमा नागा बाबाहरु, सन्त, सन्यासीहरुको जमघट शुरु भइसकेको छ ।

शिवरात्रीको लागि भारत लगायतका छिमेकी देशहरुबाट समेत साधुसन्तहरु पशुपतिनाथ आइपुगेका छन् । हरेक वर्ष शिवरात्रीको अवसरमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ ।

आज रातिदेखि नै पशुपति क्षेत्र परिसर लगायत शिवालयहरुमा भक्तजनहरु दीप प्रज्वलन गरी व्रत बस्ने गर्दछन् ।