२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सांसद शाहीको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले काठमाडौं महानगरसहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हितमा कहिल्यै काम नगरेको आरोप लगाउनु भयो । उहाँले धेरै पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको बताउनु भयो ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो–’गाउँगाउँमा सिंह गयो, दरबार गएन । ओली सरकारबाट जनताको कहिल्यै भलो भएन । आज काठमाडौं महानगरपालिका लगायत देशका धेरैभन्दा धेरै पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकिएर राखिएको छ । आज देशका सबै शिक्षक, कर्मचारीहरुका तलब ठप्प छन् । आज काठमाडौं महागरपालिकामा मात्रै सरसफाई गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई पाल लाग्ला ।’

उहाँले सरकारको आडमा कर्मचारीलाई रोकेर स्थानीय तहहरुलाई ठप्प नपार्न चेतावनी दिनुभयो ।