१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ‘नो केबलकार समूह’लाई वार्तामा बोलायो



अ+ अ-

काठमाडौँ । सरकारले नो केबलकार समूहलाई वार्तामा बोलाएको छ ।

पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारविरूद्ध आन्दोलन गरिरहेका समूहलाई सरकारले सोमबार वार्तामा बोलाएको हो ।

‘ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानमा सरोकारवाला आयोजना निर्माण पक्षसँग समन्वय गरी आन्दोलनरत पक्षसँग निरन्तर संवाद भइरहेको छ ।’ वार्ता टोली संयोजक प्रेमप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तिमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै हल गरिने उल्लेख गरिएको छ ।

उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन पनि भनिएको छ ।

पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुनु हुँदैन भनेर आन्दोलन बढ्दै गएपछि सरकारले गत माघ २० गते वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोली र आन्दोलन पक्षबीच पटकपटक वार्ता भए पनि निष्कर्षमा पुग्न भने सकेको छैन ।