२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्युठानमा दम्पती हत्या प्रकरणः ३४ बर्षीय भतिज पक्राउ



अ+ अ-

काठमाडौँ । प्युठानमा एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्युठान माण्डवी गाउँपालिका–२ रातापानीमा ६० वर्षिय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भतिजा पर्ने बर्ष ३४ का पंकज परियारलाई पक्राउ गरेको हो ।

राति खाना खाएर सुतेका परियार दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त भएपछि घटनास्थल पुगेका प्रहरीको टोलीले मृतक दम्पतीको शरीरमा चोट देखिएकाले घटना शंकास्पद रहेकोमा यसबारे अनुसन्धान थालेको थियो ।

प्रहरीले पक्राउ परेका परियारमाथि प्युठान जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।