२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.11

Wind: 2.06

Humidity: 56

Latest
नेपाल उद्योग वाणिज्य महासंघद्धारा म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन लेक लागेर पर्यटकको मृत्यु स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा काँग्रेस—एमालेको भागबण्डा नमिल्दा गभर्नर नियुक्ति भएन भन्नेकुरा सत्य होइन: मन्त्री गुरुङ कार्यक्रमपछि सरसफाई गरेपछि बालेनले राप्रपालाई दिए धन्यवाद कामपाले सञ्चालन गरेको घुम्ती खाद्य प्रयोगशालामा २४ भन्दा बढी प्रकारका परीक्षण हुने शिक्षा मन्त्रालयद्वारा आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि पुन: आह्वान ‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक राप्रपा अध्यक्ष लिङदेनको आरोप: प्रहरी प्रमुख थापा युवा संघको सहअध्यक्ष रहेछन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएसएआईडीअन्तर्गत नेपालमा सञ्चालित थप सात कार्यक्रम रोकिए



अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका थप सात वटा कार्यक्रम रोकिएका छन् ।

सोमबार अर्थ मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार वटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जानकारी गराएको हो ।

त्यसैगरी, जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रमहरू पनि रोकिएको मन्त्रालयले उल्लेख गरेको छ । उक्त कार्यक्रमहरू डिजाइनको क्रममा रहेकाले सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अमेरिकाले सहयोग नियोग यूएसएआईडीबाट नेपालमा सन् १९५१ देखि निरन्तररुपमा अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा सहयोग गर्दै आईरहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेपाल लगायत केही देशमा अमेरिकी सहयोग नियोग यूएसएआईडीले गरेका लगानीलाई ठगी भन्दै त्यसलाई बन्द गर्न भनेपछि नेपालमा यस्ता कार्यक्रमहरू रोकिएका छन् ।