१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रकी इन्स्पेक्टरको मृत्यु प्रकरणः सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी



अ+ अ-

काठमाडौँ । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको परिवारले सिनियर इन्स्पेक्टरविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

उनलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै परिवारले भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी गराएका जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकृतले बताए । सन्तोषी र ती इन्स्पेक्टर प्रेम सम्बन्धमा रहेका बताईएको छ ।

इन्सपेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यसबारे छानबिन गर्न राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

महतको शव पोस्टमार्टमको लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।