४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीलाई लिभरपुलले हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह र डोमिनिक सोबोज्लाईले गोल गरे । दुबै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

जितसँगै शीर्षस्थानको लिभरपुलले अंकदुरी बढाएको छ । उसले २७ खेलबाट ६४ अंक जोडेको छ । दोस्रो स्थानको आर्सनलको २६ खेलबाट ५३ अंक छ । यता, सिटी ४४ अंकका साथ चौंथो स्थानमा छ ।