५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार



अ+ अ-

अछाम । अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएको र रक्तस्राव नरोकिएपछि आज हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष विकले जानकारी दिनुभयो ।

उहाँलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा उद्धार गरिएको हो ।