५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केएमसी अस्पतालमा स्याङ्जा जिल्लावासीलाई एक दिनका लागि सबै प्रकारको उपचार निःशुल्क



अ+ अ-

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज सिनामंगलले एक दिनको लागि स्याङ्जा जिल्लावासीलाई उपचार निशुल्क गर्ने भएको छ ।

चैत ४ गते स्याङ्जा जिल्लावासिलाई अस्पतालमा उपचार निशुल्क गर्ने गरि स्याङ्जा क्षेत्र २ का सांसद नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङ र कलेजका प्रोपाइटर सांसद डाक्टर सुनिल शर्मा बीच विपन्नताका कारण उपचार गराउन नसक्नु भएका स्याङ्जाका बिरामीहरुलाई उपचार गर्ने सहमति भएको हो ।

सम्झौता अनुसार औसधि,औसधिजन्य सामान र खाना बाहेक अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटिस्क्यान, एमआरआईू लगायत सबै निशुल्क गर्ने व्यवस्था मिलाइएको छ ।

तर बिरामीले उपचार गराउन आउँदा बिमा गराएको भए बिमा कार्ड अथवा विपन्नताको सिफारिस लिएर आउन भनिएको छ ।

उपचारको लागि लागि थप जानकारी आवश्यक परेमा धनराज गुरुङको सचिवालयलाई सम्पर्क गर्न सकिने पनि गुरुङको सचिवालयले जनाएको छ ।