२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फास्ट ट्रयाकको निर्माण अवधि लम्बिने निश्चित



अ+ अ-

काठमाडौँ । काठमाडौं–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि थपिने भएको छ ।

नेपाली सेनाले हालसम्म गरेका कार्यहरुका बारेमा जानकारी दिन आईतवार नेपाली सेनाको मुख्यालयमा आयोजित कार्याक्रममा यस्तो जानकारी दिएको हो ।

काठमाडौं–तराई–मधेस द्रुत मार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गत असोज १२ र १३ गतेको भिषण वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको बताउनु भयो । उहाँले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली सेनाले लिएको काम नगर्ने भन्ने त कुरै हुँदैन । त्यसमा त हामी दिनरात लागेर प्रयास गरिरहेका छौँ । गत असोज १२ र १३ गतेको हेभ्भी रेन फलले गर्दाखेरि हाम्रो काममा धेरै ह्याम्पर गरेको कारणले पनि काममा केही डिले भएको हो । अब त्यो न्याचुरल डिजास्टरमा हाम्रो पनि हात हुनेकुरा भएन, त्यसले गर्दा डिले भइरहेको छ । हामीलाई सबैभन्दा गाह्रो भएका चाहिँ रुख कटानको काममा चाहिँ एकदम बढी समय लागेको कारणले पनि काममा केही समय लागेको छ । अर्को यो खोकनाको जग्गाको विवाद समाधान हुनलाई ढिलो भयो भने त आयोजनाको टाइम बढ्नेमा त ले म्यानलाई पनि थाहा हुन्छ भन्ने कुरा हो ।’

असोज १२ र १३ गतेको भिषण वर्षाका कारण बख्खुबेसीदेखि सिस्नेरीसम्मको फास्ट ट्रयाक निर्माणको भौगोलिक अवस्था नै परिवर्तन भएको नेपाली सेनाको भनाइ छ ।