९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

फास्ट ट्रयाकको निर्माण अवधि लम्बिने निश्चित

फास्ट ट्रयाकको निर्माण अवधि लम्बिने निश्चित
अ अ+ अ-

काठमाडौँ । काठमाडौं–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि थपिने भएको छ ।

नेपाली सेनाले हालसम्म गरेका कार्यहरुका बारेमा जानकारी दिन आईतवार नेपाली सेनाको मुख्यालयमा आयोजित कार्याक्रममा यस्तो जानकारी दिएको हो ।

काठमाडौं–तराई–मधेस द्रुत मार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गत असोज १२ र १३ गतेको भिषण वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको बताउनु भयो । उहाँले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली सेनाले लिएको काम नगर्ने भन्ने त कुरै हुँदैन । त्यसमा त हामी दिनरात लागेर प्रयास गरिरहेका छौँ । गत असोज १२ र १३ गतेको हेभ्भी रेन फलले गर्दाखेरि हाम्रो काममा धेरै ह्याम्पर गरेको कारणले पनि काममा केही डिले भएको हो । अब त्यो न्याचुरल डिजास्टरमा हाम्रो पनि हात हुनेकुरा भएन, त्यसले गर्दा डिले भइरहेको छ । हामीलाई सबैभन्दा गाह्रो भएका चाहिँ रुख कटानको काममा चाहिँ एकदम बढी समय लागेको कारणले पनि काममा केही समय लागेको छ । अर्को यो खोकनाको जग्गाको विवाद समाधान हुनलाई ढिलो भयो भने त आयोजनाको टाइम बढ्नेमा त ले म्यानलाई पनि थाहा हुन्छ भन्ने कुरा हो ।’

असोज १२ र १३ गतेको भिषण वर्षाका कारण बख्खुबेसीदेखि सिस्नेरीसम्मको फास्ट ट्रयाक निर्माणको भौगोलिक अवस्था नै परिवर्तन भएको नेपाली सेनाको भनाइ छ ।