चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी त्रिशुलीमा खसेका युवकको शव फेला परेको छ ।
गत फागुन २ गते इच्छाकामना गाउँपालिका–५ स्थित ३ नं. पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा बेपत्ता भएका रोहित रानाको शव सशस्त्र प्रहरीको गोताखोरले आइतबार फेला पारेको हो ।
नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल फागुन २ गते बिहान पौने १२ बजेको समयमा दुर्घटना भएको थियो ।
उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौँ जान हिँडेको परिवारका सदस्यहरुले बताएका थिए ।
उनी सवार बुलेट बाइक सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुन पुगेको थियो ।










