काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद रुक्मिणी कोईरालाले सहकारीको रकम ठगी गर्नेहरुको सम्पती रोक्का गरी पीडितलाई फिर्ता गराउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाको आईतवारको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हकारीलाई बद्नाम गर्न, देशव्यापी रुपमा सहकारी अनियमितता र सहकारी ठगहरुको सञ्जाल सल्बलाएको बताउनु भयो । उहाँले सहकारी कानून बनाउनका लागि अपरिहार्य रहेको बताउनु भयो । उहाँले भूमिसम्बन्धी अध्यादेशमा भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई जोखिम हुने ठाउँबाट अन्यत्रै बसोवासको व्यवस्था मिलाउने गरी आएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सहकारीलाई बद्नाम गर्न, देशव्यापी रुपमा सहकारी अनियमितता र सहकारी ठगहरुको सञ्जाल सल्बलाएको छ । पीडितहरु अहिले पनि आन्दोलनमा छन् । अब जसले सहकारी ठगेको हो, उसको सम्पती रोक्का गरी पीडितलाई रकम फिर्ता गराउनु पर्छ । त्यसैले सहकारी कानून बनाउनका लागि अपरिहार्य छ । भूमिसम्बन्धी अध्यादेशमा भूमिहिन दलित तथा भूमिहिन सुकुम्वासीलाई जोखिम हुने ठाउँबाट अन्यत्रै बसोवासको व्यवस्था मिलाउने गरी आएको छ ।’
सुशासनसम्बन्धी अध्यादेश पनि आम नागरिकको चाहना बमोजिम जवाफदेही र पारदर्शी बनाइ छिटो छरितो ढंगबाट काम अघि बढाउने गरी ऐ आएको बताउनु भयो ।










