२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको चाहना सुशासन र समृद्धि



अ+ अ-

कास्की। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको चाहना सुशासन र समृद्धि भएको बताउनुभएको छ । समृद्धिको चाहना पूरा नभएकै कारण जनतामा राजनीतिक वितृष्णा पैदा भएको उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले साढे तीन दशकमा पनि विकासले गति लिन नसक्नुमा ठूला राजनीतिक दलहरूको कमजोरी भएको आरोप लगाए।

राप्रपाका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले भावी पुस्ताको भविष्यका लागि दलहरूले सोच्न आवश्यक भएको बताउँदै सुन्दर देश नेपालको विकासमा ध्यान दिन जरूरी भएको बताए । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा सुशासनको खाँचो रहेको उल्लेख गर्दै त्यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए।