४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा



अ+ अ-

मोरङ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकका सम्पूर्ण जातजातिलाई एकआपसमा जोड्ने जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको बताएका छन् ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज विराटनगरमा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान तथा तथ्यमा आधारित प्रचार अभियान’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सबै जातिको पहिचान र मानसम्मानलाई कायम राख्ने मुलुकको ठूलो तथा राष्ट्रिय पार्टी कांग्रेस रहेको प्रष्ट पारे ।

महामन्त्री थापाले मुलुकमा देखिएका विभिन्न समस्याको उत्तेजना र क्षणिक लाभबाट मुक्त रही उपयुक्त समाधान निकाल्न कांग्रेसले विगतदेखि वर्तमानसम्म जिम्मेवारी वहन गरेको विचार राखे । आगामी २०८४ सालको निर्वाचनमा जाँदा कार्यकर्ताले विगत तीन वर्षमा गरेको कामको उपलब्धि लिएर जनतासमक्ष जान उनले आग्रह गरे ।

उनले कांग्रेसको नेतृत्वमा रहेको सरकारले विसं २०४८ देखि २०५१ सम्ममा घाटामा रहेका सरकारी उद्योगको निजीकरण गरी मुलुकमा आर्थिक चलायमानका गतिविधि हासिल गरेको दाबी गरे । महामन्त्री थापाले भने, “पार्टीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेमा त्यसको दण्ड, सजायको जिम्मेवारी स्वयं हुनेछन् ।”

सहमहामन्त्री भीष्मराज आङ्गदम्बेले पाथीभरामा देखिएको समस्या समाधानका लागि मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न आग्रह गर्दै वार्ता अवधिसम्म निर्माण स्थगित गर्नुपर्ने सुझाव दिए ।