९ श्रावण २०८३, शनिबार
,
Latest
विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा सुशासन कायम हुन सकेन : शेखर कोइराला



अ+ अ-

सुर्खेत। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा अझै सुशासन कायम हुन नसकेको बताएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागद्वारा आज आयोजित ‘विदेशदेखि स्वदेशसम्म’ विषयक प्रदेश भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासनकै लागि वर्तमान सरकार गठन भए पनि अपेक्षित उपलब्धि नभएको बताए। उनले सरकारले अध्यादेश ल्याएर गलत गरेको टिप्पणी गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले भने, ‘संसद् छँदै जथाभावी अध्यादेश ल्याउनु राम्रो होइन।’ नेता कोइरालाले पार्टीभित्र वा पार्टी बाहिरकाले सरकारको खबरदारी गरिरहेको बताए।

उनले विसं २०८४ अघि नै कांग्रेस पार्टीको महाधिवेशन गर्नुपर्ने सुझाव दिए। सत्ता गठबन्धनबीच भएको सातबुँदे सहमति कार्यान्वयन नभएको र सरकार सुशासनका साथै अर्थतन्त्र सुधारमा कमजोर देखिएको उनको भनाइ थियो।