२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.41

Wind: 2.06

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी चुनावअघि नै कांग्रेस महाधिवेशन गर्नुपर्छ : कोइराला



अ+ अ-

सुर्खेत। कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सुर्खेतमा बिहीबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा. कोइरालाले भने, ‘अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।’

डा. कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको बताए । उनले भने‍, ‘सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ ।

अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा. कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरंकुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भए पनि आफूहरूले खबरदारी गरिरहेको उनले बताए । रासस