२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी चुनावअघि नै कांग्रेस महाधिवेशन गर्नुपर्छ : कोइराला



अ+ अ-

सुर्खेत। कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सुर्खेतमा बिहीबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा. कोइरालाले भने, ‘अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।’

डा. कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको बताए । उनले भने‍, ‘सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ ।

अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा. कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरंकुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भए पनि आफूहरूले खबरदारी गरिरहेको उनले बताए । रासस