४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय महिला फुटबलः नेपाललाई पहिलो हाफमा अग्रता



अ+ अ-

काठमाडौं। अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आयोजक नेपालले आफ्नो दोस्रो खेलमा लेबनानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिँदा नेपालले अग्रता बनाएको छ । खेलको ४२ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी हुन् ।

उनले डि-बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानका डिफेन्डरलाई लागेर गोल हुन पुग्यो । त्यसअघि खेलको नवौं मिनेटमा लेबनानका क्रीस्टी मालोफले प्रहार गरेको बललाई नेपालका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गरिन् । एन्जिलाले उक्त बललाई पोस्टमाथि फ्याँक्दै बचाइन् ।

खेलको दसौं मिनेटमा नेपालले अग्रता लिने सुनौलो अवसर गुमायो । बिमला चौधरीले डि-बक्स भित्रबाट गरेको प्रहार आकाशियो । खेलको १२ औं मिनेटमा लेबनानका लायला इस्कन्दरले गोलकिपर एन्जिलालाई बिट गर्दै प्रहार गरेको बल केही बाहिर गयो ।

खेलको २४ औं मिनेटमा साबित्रा भण्डारीले बल अगाडि बढाउँदै डि-बक्स भित्र लगेपनि उनले सन्तुलन गुमाइन् । २७ औ मिनेटमा साबित्राले नै अर्को अवसर खेर फालिन् । उनले डि-बक्स भित्र पाएको बल फ्रेमभन्दा निकै बाहिर गयो