३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय महिला फुटबलः नेपाललाई पहिलो हाफमा अग्रता



अ+ अ-

काठमाडौं। अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आयोजक नेपालले आफ्नो दोस्रो खेलमा लेबनानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिँदा नेपालले अग्रता बनाएको छ । खेलको ४२ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएकी हुन् ।

उनले डि-बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानका डिफेन्डरलाई लागेर गोल हुन पुग्यो । त्यसअघि खेलको नवौं मिनेटमा लेबनानका क्रीस्टी मालोफले प्रहार गरेको बललाई नेपालका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गरिन् । एन्जिलाले उक्त बललाई पोस्टमाथि फ्याँक्दै बचाइन् ।

खेलको दसौं मिनेटमा नेपालले अग्रता लिने सुनौलो अवसर गुमायो । बिमला चौधरीले डि-बक्स भित्रबाट गरेको प्रहार आकाशियो । खेलको १२ औं मिनेटमा लेबनानका लायला इस्कन्दरले गोलकिपर एन्जिलालाई बिट गर्दै प्रहार गरेको बल केही बाहिर गयो ।

खेलको २४ औं मिनेटमा साबित्रा भण्डारीले बल अगाडि बढाउँदै डि-बक्स भित्र लगेपनि उनले सन्तुलन गुमाइन् । २७ औ मिनेटमा साबित्राले नै अर्को अवसर खेर फालिन् । उनले डि-बक्स भित्र पाएको बल फ्रेमभन्दा निकै बाहिर गयो