२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज



अ+ अ-

काठमाडौं । बेलुन विस्फोट भएर घाईते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पोखरा भ्रमण वर्षको समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएर घाइते भएका मेयर आचार्यको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गर्दै मेयर आचार्यले आफू अस्पतालबाट डिस्चार्ज भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

यस्तै, मेयर आचार्यले ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन साथ, सहयोग, र सुझाव अपेक्षित रहने बताएका छन् ।

मेयर आचार्यसँगै विस्फोटमा परेर घाईते भएका अर्थमन्त्री विष्णु पौडेल भने यअिघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।