६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिवार्य पिसिआर रिपोर्ट सहित खुलाईयो होम डेलिभरी र टेकअवे सेवा



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा ३ भदौबाट जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै एक साता थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा यसअघि बन्द गरिएको होम डेलिभरी सेवा र टेकअवे खुलाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले जारी निषेधाज्ञालाई २४ भदौको राति १२ बजेसम्म लागु गर्ने निर्णय गरेको हो ।बुधबारबाट थप गरिएको निषेधाज्ञाको अवधिभरि खाद्यवस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु बिक्री गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । औषधि र पानीको पसल भने दिनभर खोल्न सकिनेछ । यस्तै, यसअघि दैनिक उपभोग्य वस्तुको होम डेलिभरी सेवा र टेकअवेलाई बन्द गराइएकामा अब पिसिआर रिपोर्ट नेगेटिभ भएको व्यक्तिले सो सेवा दिन सक्ने व्यवस्था गरिएको छ । यसरी सेवा दिने व्यक्तिले उनीहरूले भेटेका व्यक्तिहरूको अभिलेख राख्नुपर्नेछ ।

त्यस्तै, विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न पाइनेछ । यसैगरी छोटो दुरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ । निषेधाज्ञामा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणको काम पनि सञ्चालन गर्न सकिनेछ । यसरी आयोजना सञ्चालन गर्दा कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ । यस्तै, अनलाइन कक्षा सञ्चालनका लागि समेत अनुमति दिइएको छ । यसैगरी बैंकलगायतका नियमित सेवा प्रदायकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था गरिएको छ । यसैगरी, अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पिसिआर रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि अनिवार्य गरिएको छ ।

हवाई उडानबाट विदेश जानेहरूले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जान सवारी साधन प्रयोग गर्न सक्नेछन् । तर, पिसिआर परीक्षण सुविधा नभएका स्थानबाट आउनेहरूले काठमाडौंमा सुरक्षित रूपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेस गर्नु पर्नेछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सरोकारवाला सबै पक्षसँग छलफल गरेर गृह मन्त्रालयमा निषेधाज्ञासम्बन्धी राय पठाएकामा गृहले राय अनुमोदन गरेपछि जारी निषेधाज्ञालाई खुकुलो बनाइएको हो ।

पछिल्लोपटक तोकिएको समयसम्म होटल, रेस्टुरेन्ट, अति आवश्यकबाहेकका व्यवसाय, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द नै हुनेछन् । यसअघि १० भदौसम्म तोकिएको निषेधाज्ञालाई १७ भदौसम्म थप गरिएको थियो । राजधानी दैनिक