![](https://newspolar.com/wp-content/uploads/2022/03/Mahesh-Basnet-uml_HI2RcgAnoK.jpg)
भक्तपुर । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको छ ।
उहाँले सो प्रभागका प्रमुखलाई आज मोटरसाइकल प्रदान गर्दै अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । सांसद बस्नेतले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औल्याउनुभयो ।