९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृति लम्सालको शव नेपाल ल्याइयो



अ+ अ-

काठमाडौँ । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा भएको घटनामा मृत्यु भएकी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ ।

भारतको गोरखपुरस्थित विमानस्थल हुँदै शव नेपालस्थित घर ल्याइएको हो । विद्यार्थीका सबै माग कलेजले स्वीकार गरेपछि अहिले त्यहाँको वातावरण सामान्य बनेको छ ।

भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुव्र्यवहार सहन नसकेपछि केआइआइटी बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालले आत्महत्या गरेको बताइएको छ ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।

सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परिसकेका छन् । कलेज प्रशासनले पटक–पटक माफी मागेको छ । लम्साल मृत फेला परेपछि त्यहाँ अध्ययनरत केही नेपाली विद्यार्थी नेपाल फर्किएका छन् ।