५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृति लम्सालको शव नेपाल ल्याइयो



अ+ अ-

काठमाडौँ । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा भएको घटनामा मृत्यु भएकी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ ।

भारतको गोरखपुरस्थित विमानस्थल हुँदै शव नेपालस्थित घर ल्याइएको हो । विद्यार्थीका सबै माग कलेजले स्वीकार गरेपछि अहिले त्यहाँको वातावरण सामान्य बनेको छ ।

भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुव्र्यवहार सहन नसकेपछि केआइआइटी बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालले आत्महत्या गरेको बताइएको छ ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।

सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परिसकेका छन् । कलेज प्रशासनले पटक–पटक माफी मागेको छ । लम्साल मृत फेला परेपछि त्यहाँ अध्ययनरत केही नेपाली विद्यार्थी नेपाल फर्किएका छन् ।