२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केआईआईटीबाट एक सयभन्दा बढि विद्यार्थी नेपाल फर्किए



अ+ अ-

काठमाडौँ । भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि सय जनाभन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् ।

पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र रक्सौल नाकाबाट ९६ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ ।

नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । घटनापछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी विरोधमा उत्रिँदा कलेज व्यवस्थापनले उनीहरूलाई कुटपिट गर्दै बलजफ्ती छात्रावासबाट निकालिएको थियो ।

सोमबार र मंगलबारको घटनापछि केआईआईटीमा अध्ययनरत १ हजार २ सय नेपाली विद्यार्थीमध्ये ६० जना मात्र कलेजमा बाँकी रहेका थिए । तीमध्ये प्रशासनले थप ११२ जनालाई होस्टलमा फर्काईसकेको छ ।

विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि विश्वविद्यालय प्रशासनले इमेल लेखेर आउनेजाने खर्च बेहोर्ने भन्दै फर्किन आग्रह गरेको विद्यार्थीहरूले बताएका छन् ।