१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केआईआईटीबाट एक सयभन्दा बढि विद्यार्थी नेपाल फर्किए



अ+ अ-

काठमाडौँ । भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि सय जनाभन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् ।

पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र रक्सौल नाकाबाट ९६ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ ।

नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । घटनापछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी विरोधमा उत्रिँदा कलेज व्यवस्थापनले उनीहरूलाई कुटपिट गर्दै बलजफ्ती छात्रावासबाट निकालिएको थियो ।

सोमबार र मंगलबारको घटनापछि केआईआईटीमा अध्ययनरत १ हजार २ सय नेपाली विद्यार्थीमध्ये ६० जना मात्र कलेजमा बाँकी रहेका थिए । तीमध्ये प्रशासनले थप ११२ जनालाई होस्टलमा फर्काईसकेको छ ।

विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि विश्वविद्यालय प्रशासनले इमेल लेखेर आउनेजाने खर्च बेहोर्ने भन्दै फर्किन आग्रह गरेको विद्यार्थीहरूले बताएका छन् ।