१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृति लम्सालको शव नेपाल ल्याईँदै



अ+ अ-

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको शव आज नेपाल ल्याईने भएको छ ।

उनको शव नेपाल ल्याउन भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको र आज साँझसम्म शव रुपन्देहीमा ल्याउने तयारी गरिएको छ ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।

सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परिसकेका छन् । कलेज प्रशासनले पटक–पटक माफी मागेको छ । नेपाली छात्रा मृत फेला परेपछि त्यहाँ अध्ययनरत केही नेपाली विद्यार्थी नेपाल फर्किएका छन् ।

यो विषय संसदमा पनि उठिसकेको छ भने उता ओडिसाको विधानसभामा पनि यो विषयले प्रवेश पाएको छ । जसका कारण ओडिसा सरकारले घटनाको छानबिनका लागि उच्चस्तरिय समिति बनाएको छ ।

भारतीय मिडियाहरुका अनुसार प्रकृतिका प्रेमी भनिएका अडविक श्रीवास्तवसहित ६ जना हाल प्रहरी नियन्त्रणमा छन् । श्रीवास्तवको यातना र टर्चर सहन नसकेर प्रकृतिले आत्महत्या गरेको उनका साथीहरुले आरोप लगाएका छन् । श्रीवास्तव हाल प्रहरीको न्यायिक हिरासतमा छन् ।

कलेजबाट निकालिएका ४० भन्दा बढी नेपाली विद्यार्थी नेपाल फर्किएका छन् ।