२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

ढोरपाटनमा बाढी अपडेटः १४ जनाको शव भेटियो, ३८ जनाअझै बेपत्ता

ढोरपाटनमा बाढी अपडेटः १४ जनाको शव भेटियो, ३८ जनाअझै बेपत्ता
अ अ+ अ-

बागलुङ । ‘मस्त निद्रामा रहेछु घरकै छेउबाट हेलिकोप्टर उडेको जस्तो आवाज कानमा ठोक्कियो’, बागलुङको ढोरपाटन नगरपालिका–८ का ४० वर्षीय भकारे कामी भन्छन्– ‘झ्यालबाट चिहाएर हेरेको माथिबाट पहाड नै खसेजस्तो देखें ।’ ‘छेउमा सुतेकी श्रीमतीलाई हातले समातेर तानें त्यो बेलासम्म मुखबाट आवाज पनि निस्केको थिएन’, कामी भन्नुहुन्छ– ‘छोरालाई काख च्यापेर पाखातिर भाग्यौं ।’ घरमाथिको जंगलमा पुगेपछि मात्र पछाडि फर्केर हेरेका कामीको आँखैअगाडि उर्लिएर आएको भुजीखोलाले घर, गोठ सबै बगायो । बाढीले घर, गोठ, पशु चौपाया र ओढ्ने ओछ्याउने बगाए पनि परिवारका सबै सदस्य सकुशल हुँदा भने कामीलाई थोरै राहत महसुस भएको छ । स्थानीय भुजीखोलामा आएको बाढीले वडा नम्बर ८ र ७ मा पनि ठूलो जनधनको क्षति भयो ।
ढोरपाटन नगरपालिका–९ का ४१ जना बेपत्ता भएका छन् । १४ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ढोरपाटन नगरपालिका–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विक र सोही ठाउँका ४५ वर्षीय करबहादुर विकको मात्र पहिचान भएको छ ।

अन्य ३ जना पुरुष, ५ जना महिला, ३ बालक र १ बालिका गरी ११ जनाको शवको थप पहिचान हुन सकेको छैन । ढोरपाटन नगरपालिका–९ बाट शुरु भएको बाढीले वडा नम्बर ८ र ७ मा पनि ठूलो क्षति पु¥याएको छ । भुजीखोलामा उर्लिएर जमिन थर्कने गरी आएको चर्को आवाजले बिउँझिएका स्थानीयले तल्लो बस्तीमा फोन गरेपछि भौतीकरुपमा क्षति भए पनि खोलाको तल्लो भेगमा मानवीय क्षति हुन नपाएको वडा नम्बर ७ का वडाध्यक्ष दीपक थापाले बताए। नेपाली सेना र सशस्त्र प्रहरी बलका टोलीसहित स्थानीयको सहयोगमा ढोरपाटनदेखि गुल्मीको मुसिकोट नगरपालिका–५ को बडिगाड खोलाको बीच बगरबाट समेत शव निकालिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

बाढीले बगाएर ढोरपाटन नगरपालिका–९ द्वालका २२ वर्षीय जीवन विक, सोही ठाउँका २३ वर्षीय नारायण विक, उनको १ वर्षकी छोरी र २१ वर्षीया श्रीमती टेकमाया विक, सोही ठाउँका १६ वर्षीया मनीषा विक, घट्टेचौरकी २८ वर्षीया शनि विक र उनका १० वर्षीया छोरा रोशन विक र ५ वर्षीय छोरा रवि विक, सोही ठाउँका १५ दिने १ बालक, २६ वर्षीया मनकुमारी विक बेपत्ता भएका छन् । त्यसै गरी बेपत्ता हुनेमा ३० वर्षीय प्रेम पुन, ३० वर्षीया कुमारी विक, १५ वर्षीय समुन्द्र विक, १२ वर्षीया पुनम विक, ३१ वर्षीय जीतबहादुर घर्ती, ४४ वर्षीय राजु घर्ती, ३६ वर्षीय करमती बुढा, ३६ वर्षीया रिनाकुमारी घर्ती, २२ वर्षीया दिलमाया पुन, उहाँकी ४ वर्षीया छोरी प्रकृति पुन, ६१ वर्षीया डोटी पुन, ३६ वर्षीय हेमबहादुर विक, उहाँकी ३५ वर्षीया श्रीमती उजेली विक र उहाँहरुकै ९ वर्षीय छोरा दलु विक र १० महिनाको अर्को छोरा रहेका छन् ।

त्यसै गरी ३८ वर्षीया हस्तमाया विक, ६५ वर्षीया तुलमती घर्ती, ५६ वर्षीया कौशिला पुन र उहाँका २१ वर्षीय छोरा विशाल पुन, २६ वर्षीया धनमाया विक र ३ वर्षको नाम नखुलेका एक जना बालक, स्थानीय बिरे विक, उनकी श्रीमती र दुई छोराछोरीसहित ४ जनाको परिवार, ढोरपाटन नगरपालिका–९ सुप्राङकै नाम र उमेर नखुलेका अन्य तीन जनासहित गलकोट नगरपालिका–४ घर भई ढोरपाटन घुम्न गएको वर्ष २५ को नवीन भण्डारी गरी ४१ जना बाढीमा बेपत्ता रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । ढोरपाटन नगरपालिका–९ दुनेपोखरा बस्ने वर्ष १५ को महेन्द्र पुन गम्भीर घाइते भएका छन् । उनको शरीर र टाउकोमा चोट लागेको छ । सोही ठाउँकी २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन सामान्य घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तिवाङमा उपचार भइरहेको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए ।

बाढीले ढोरपाटन नगरपालिका–९ मा मात्र ७१, ७ र ८ नम्बर वडाका २९ वटा घर पूर्णरुपमा बाढीले बगाएको छ । लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राथमिक विद्यालयको ४ कोठे भवन, सरस्वती प्राथमिक विद्यालयको २ कोठे भवन, भुजीखोला लघु जलविद्युत् आयोजनाको ५ वटा शाखामध्ये ४ वटा शाखा बगाएको वडाध्यक्ष हरिबहादुर घर्ती मगरले जानकारी दिए । यसैबीच राहतसहित बाढी प्रभावित क्षेत्र जिल्लाको ढोरपाटन नगरपालिकामा हिँडेका गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली बीच बाटोबाटै फिर्ता भएको छ । भुजीखोलामा आएको बाढीले पुर्याएको क्षतिबारे स्थलगत जानकारी लिन नेपाली सेनाको हेलिकोप्टरमार्फत उडेका गृहमन्त्री थापा मौमस खराबीपछि पोखरा विमानस्थलमा आकस्मिक अवतरण भएका थिए । मौसम खुलेपछि बाढी प्रभावित क्षेत्रका लागि उड्ने गरी साढे १ बेजसम्म पोखरामा बसेको गृहमन्त्रीसहितको टोली चढेको हेलिकोप्टर सम्भावना नदेखिएपछि काठमाडौं फर्किएको हो । नेपाल समाचारपत्र दैनिक