२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको माग गर्दै फुङलिङमा सद्भाव र्‍याली



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा केबलकार निर्माणको माग गर्दै फुङलिङमा सद्भाव र्‍याली निकालिएको छ।

स्थानीय बासिन्दा, धार्मिक संघसंस्था तथा पर्यटन व्यवसायीहरूको सहभागितामा आयोजित र्‍याली फुङलिङ बजार परिक्रमा गरेको छ । पाथीभराका केबलकार ताप्लेजुङमा बिकासको आधार भन्दै उनिहरुले बिभिन्न प्ले कार्ड बोकेका छन् । र्‍यालीमा सहभागीहरूले पाथीभरा मन्दिरसम्मको पहुँच सहज बनाउन केबलकार आवश्यक रहेको भन्दै सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले केबलकार निर्माणले पर्यटक तथा भक्तजनहरूको आवागमन सहज हुने, स्थानीय पर्यटन प्रवर्द्धन हुने तथा आर्थिक विकासमा टेवा पुग्ने बताएका छन्। पाथीभरा नेपालकै एक प्रमुख तीर्थस्थल भएकाले सरकारले विशेष प्राथमिकता दिएर परियोजना अघि बढाउनुपर्ने उनीहरूको माग छ।

केबलकार, पाथीभरा आउने तीर्थयात्रीको सुविधाका लागि मात्रै सीमित नभई यसले रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने र्‍यालीमा सहभागीहरुले बताएका छन् ।

र्‍यालीमा स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।