२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीपरिषदको बैठक बस्दै, कार्यकाल सकिनु केही समय अघि अर्थमन्त्री डा. खतिवडाले  राजिनामा दिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय शभा सदस्यमा नदोहोरिने निश्चित भएपछि अर्थमन्त्री डा युवराज खतिवडाले आफनो कायकालको केही घण्टा बाकि रहदा शुक्रबार  दिउँसो राजीनामा दिएका छन् ।

राष्ट्रियसभाको राष्ट्रपति बाट मनोनित गर्ने  खाली एक सिटमा नेकपाले  उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि कार्यकाल सकिनु केही समय अघि उनले राजिनामा गर्न लोगेका हुन् ।

शुक्रबार बिहान ११ बजेका लागि बोलईएको मन्त्रिपरिषदको बैठक पछि अर्थमन्त्री खतिवडाले राजीनामा दिने र मन्त्रालयमा बिदाई भेट गर्ने  उनी निकट स्रोतले जनाएको छ । खतिवडाले बिहिबार दिउसो राजीनामा दिने तयारी गरेपनि  प्रधानमन्त्री ओलीले  शुक्रबार सम्मका लागि रोकेका थिए ।