२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

रातो मछिन्द्रनाथ रथयात्राको यसरी गरियो क्षमा पूजा (फोटो फिचर)

रातो मछिन्द्रनाथ रथयात्राको यसरी गरियो क्षमा पूजा (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । लामो समयदेखि रोकिएको रातो मछिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको मछिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा ९ बजेर ३० मिनेटमा गरिएको हो । 

४ महिना लामो लक डाउन र भदौ ३ गतेबाट जारी निषेधाज्ञाका कारण रथयात्रा हुन सकेको छैन । विश्वव्यापी बनेको कोरोना भाइरस संक्रमणको जोखिमका कारण भिडभाड नगर्न सरकारले आग्रह गर्दै आएके छ । रथयात्रा गर्न पाउनुपर्ने भन्दै स्थानीय युवाहरुले निषेधाज्ञा तोड्पछि हिजो प्रहरीसँग झडप भएको थियो । 

आज ललितपुरमा कफ्र्यु समेत लगाइएको छ । संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनको आग्रहमा रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा सरोकारवालाहरू पुगेका हुन् । रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेका थियो । 

बैठकले आज क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ । यसरी साइत हेरे पनि निस्किएको मितिमा मछिन्द्रनाथलाई बुंगमति लग्ने निर्णय गरिएको बुंगद्यः  जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।