२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी



अ+ अ-

काठमाडौँ । देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको गृह मन्त्रालयले जनाएको छ । सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरु अहिले पनि रहेको बताउनु भयो । उहाँले उजुरीहरुलाई फस्र्यौट गर्ने कुरामा मन्त्रायले तिब्रताका साथ कम गरिरहेको बताउनु भयो । त्यस्तै सहकारी ठगीका मुद्दा आ।व।०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताउनु भयो । उहाँले ४३ जना पक्राउ पर्नुका साथै ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको बताउनु भयो । सहकारी सम्बन्धि मुद्दामा ३५० जना मानिस फरार रहेको बताउनु भयो । मन्त्रालयले बेरुजु फस्र्यौटलाई शुन्य बनाउन काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बेरुजु फस्र्यौटलाई अहिले मान्य मन्त्रीज्युले बेरुजु लामो समय राख्नुहुन्न भन्ने निर्देशन छ । त्यही निर्देशनअनुसार काम साथीहरुले गरिरहनुभएको छ । अहिलेसम्म ५० प्रतिशत यो वर्ष बेरुजु फस्र्यौट भएको छ । यसलाई अब जिरो बनाउने भन्ने छ । अहिले पनि हामीसँग २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरु छन् । यि उजुरीहरुलाई सर्टिङ गर्नेकुरालाई तिब्रता दिने भनेर अहिले मान्य मन्त्रीज्यु, श्रीमान सचिवज्यु र प्रहरी महानिरीक्षकज्युहरु लागिरहनुभएको छ । ०७९/०८० मा ११ अर्ब बिगो दाबी गरेर ९३ वटा मुद्दा विभिन्न जिल्लामा सहकारी ठगीका छन् । २०८ जना पक्राउ परेका थिए भने ५५३ जना फरार थिए । ०८०/८१ मा पनि १०१ मुद्दा दर्ता भएका छन् । २९४ जना मानिस पक्राउ परेका छन् । ८७० भन्दा बढीप्रति अभियोजना गरिएको छ । ११ अर्ब ६८ करोड भन्दा बढी रकम माग दाबी गरिएको छ । ०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा मुद्दा दर्ता भएका छन् । ४३ जना पक्राउ परेका छन् । ३५० जना मानिस फरार छन् । ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको छ ।’

उहाँले सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुव्र्यसन, साइबर अपराधका घटनाहरु अत्याधिक बढेको र सरकारले नियन्त्रणका लागि काम गरिरहेको बताउनु भयो ।